प्रदेश ५

बगर र मिलाप कृषि सहकारीद्वारा राप्ती गाउँपालिकालाई करिव २ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

By Thah Online

June 22, 2020

ओमप्रकाश गुप्ता , सिसहनियाँ ८ असार । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेका दुई कृषि सहकारी संस्थाले सोमबार राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५  सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था र वडा नम्बर ४ माैरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्थाले अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपालको अार्थिक सहयोगमा १ लाख ८७ हजार ३ सय ५० रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई बगर कृषि सहकारी संस्थाका सचिव दलबहादुर घर्तीमगर र मिलाप कृषि सहकारी संस्थाकी अध्यक्ष रत्न तिवारीले संयुक्तरूपमा हस्तान्तरण गरेका छन् । 

विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बढ्दो जोखिमलाई ध्यान दिदै अग्रपंक्तिमा रहेर स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई प्रदान गर्ने गरि सो स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । जसमा बगर कृषि सहकारी संस्थाबाट ९३ हजार ३ सय ९७ रूपैयाँ बराबरको  हाइजिट किट १ सय २५ थान, के. ऐन ९५ मास्क ३५ पिस, मेडिकल ग्लोवस २ सय पिस, पिपिइ सेट ८ पिस, ५०० एम. एल सेनिटाइजर १ पिस, पोष्टर ५० पिस, सर्जिकल मास्क ५ सय १३ पिस प्रदान गरेको छ ।

भने मिलाप कृषि सहकारी संस्थाबाट ९३ हजार ९ सय ५३ रूपैयाँ बराबरको हाइजिट किट १ सय २५ थान, के. ऐन ९५ मास्क ३५ पिस, मेडिकल ग्लोवस २ सय पिस, पिपिइ सेट ७ पिस, ५०० एम. एल सेनिटाइजर २ पिस, पोष्टर ५० पिस, सर्जिकल मास्क ५ सय १२ पिस र थर्मल गन १ पिस प्रदान गरेको छ ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, प्रमुख प्रशासकीय अधिकृत  स्वास्थ्य शाखा प्रमुख नारायण राउत, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, गाउँपालिकाका प्रेस संयोजक तिर्थराज ज्ञवाली, पत्रकार ओमप्रकाश गुप्ता, मिलाप कृषि सहकारी संस्थाका अध्यक्ष रत्न तिवारी, सामुदायिक शान्ति सहजकर्ता देवकुमारी चाैधरी, बगर कृषि सहकारी संस्थाका सचिव दलबहादुर घर्तीमगर, व्यवस्थापक सावित्री चाैधरी लगायतको सहभागीता रहेको थियो ।