आर्थिक

तमानखोला गा.पा.४ लाम्मेलामा बजेट बाड्फाड कुन शिर्षकमा कति हेनुस

By Thah Online

June 22, 2020

जसिन्द्र श्रीपाली/बाग्लुङ तमानखोला गा.पा.४ लाम्मेलामा हिजो आमसभा गरि बजेट शिर्षक छनोट गरिएको छ।७६-७७को तमानखोला गाउपालीकामा छुट्टिएको कुल १६ करोड ७१ लाख मध्ये ४ नम्बर वडा लाम्मेलामा ७० लाख बजेट गापा बाट बिनियोजन गरिएको थियो ।

सबैभन्दा कम बजेट आएको परेको तमानखोला गा.पा.मा ६वटै वडामा जनसंख्याको आधारमा बजेट बाडिएको हो, जस अन्तर्गत सबैभन्दा कम बजेट पाउने वडामा ४ नम्बर वडा लाम्मेला र ६ नम्बर वडा नर्जाखानी रहेका छन ।

७० लाख बजेट अन्तर्गत ४ नम्बर वडा लाम्मेलामा गाउँ सभा गरि निम्न शिर्षकमा बजेट बाड्फाड गरिएको छ : •वडा कार्यलय निर्माण गर्न २० लाख रुपैया •स्वास्थ्य इकाईको भवन निर्माण गर्न २५ लाख रुपैया •टोम्टा साङ्गो हुँदै ढुङ्गाखानी जोड्ने मोटरबाटो पुरा गर्न ६ लाख रुपैया •अन्चबसे स्थित देविथान मन्दिर खोलापारी दमाइखर्क डाडा नजिक सार्न ५ लाख रुपैया । •बिश्वकर्मा बाबा मन्दिर नजिक निर्माणाधिन बाल शिक्षा भवनमा सौचालय निर्माण र तारजाली बन्देज ४ लाख रुपैया •सरस्वती आधारभूत बिधालय मर्मत तथा तारजाली खरिद र रङ रोगनको निमित्त ७ लाख रुपैया •बन्दन्धारा खानेपानी निर्माणको निमित्त ३ लाख रुपैया