विप्लव नेकपा नवलपरासी र नवलपुर जिल्लामा एमसिसीको बिरोध गर्दै मसालजुलुस

By Thah Online

June 28, 2020

नवलपुर संवाददाता । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपरासी र नवलपुरजिल्लाले एकैपटक राष्ट्रघाती एमसिसि परियोजना बिरुद्ध मसाजजुलुस प्रदर्शन गरेका छ ।

केपि ओलि सरकारले एमसिसि सम्झौता सँसदबाट पास गराउन लागेकाे भन्दै उक्त पार्टीले त्यसको विरुद्धमा प्रदर्शन गरेको जनाएको छ । करिब ३ दर्जन पार्टी नेता कार्यकर्ता सहभागी भएको मसाल जुलुस बाल्दै, एमसिसि खारेज गर ,केपि सेरबहादुर देउवा मुर्दावाद , एमसिसी चाहिदैन अमेरिकी सेना ल्याउन पार्दैन जस्ता नारा लगाएका थिए, कार्यक्रमको सम्बोधन पार्टी सेक्रेटरी अंग्निपुन्जले गर्नु भएको थियो भने मसालजुलुस कार्यक्रम नवलपरासी जिल्लाको सुनवल -५ बनकट्टीमा गरिएको पार्टी श्रोतले जानकारी दिएको छ ।

नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकामा भएको उक्त जुलसमा दुई दर्जन बढी नेता, कार्यकर्ता र जनमानसको सहभागीता रहेको थियो। सहभागीले एमसीसी खारेज गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, अमेरिकी दलाल मुर्दावाद लगायत नारा लगाएका थिए। जुलुस प्रश्चात कोणसभामा युवा संगठन, नवलपुरका अध्यक्ष अविनासले सम्बोधन गर्नु भएको थियो। अखिल क्रान्तिकारि विद्यार्थी नेता स्वरुपले जानकारी दिनु भएको छ ।

विप्लव नेकपाले निरन्तर एमिसीको बिरोध गर्दै आएको जानकारी दिएका छ्न।