पोख्रेलको जित निश्चित



सैघाली खबर
दाङ, २३ मंसिर । दाङ क्षेत्र नं. २ का प्रदेशसभा सदस्यका उम्मेदवार शंकर पोख्रेलको जित्ने निश्चित नै भएको पछिल्लो मत परिणामले पुष्टी गरेको छ ।

पछिल्लो मत परिणाम अनुसार पोख्रेलले १९ हजार २ सय ८६ मत प्राप्त गरी जित लाई पछ्याई रहनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले १० हजार ३ सय ६० मत प्राप्त गर्नुभएको छ । पोख्रेलको भन्दा घिमिरेका ८ हजार ९ सय २६ मतान्तरको फरक रहेको छ । यही मत परिणाको आधारमा पोख्रेलको जीत सुनिश्चित रहेको दावी गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्