टप फिचर

तीन वर्षका बालकसहित गोरखामा थप १८ जनामा कोरोना संक्रमण

By Thah Online

June 23, 2020

काठमाण्डौँ, असार ९ गोरखामा आज (मंगलबार) थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ महिला र १० जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ६९ पुगेको छ ।

भिमसेन थापा गाउँपालिकाका १२, सहिद लखन गाउँपालिका– ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिएका छन् ।

थपिएका नयाँ संक्रमितमा तीन वर्षीय बालकदेखि ५८ वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये अधिकांश भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएकाहरू रहेको न्यौपानेले बताए ।

कुल कोरोना संक्रमित ६९ मध्ये आठ जना निको भएर घर फर्किसकेका छन् ।