पेट्रोलियम पदार्थको मूल्य बढ्यो



सैघाली खबर
काठामाडौं,२३ मंसिर


नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । निगमले आजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएकोहो । पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा रु तीन र तीन, हवाई इन्धनमा रु पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकाको हकमा प्रतिलिटर पेट्रोलको रु १००, डिजेल र मट्टितेलको रु ७७ समान तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ८७ समायोजन गरिएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ८५० अमेरिकी डलर कायम गरिएको आयल निगमले जानकारी दिएको छ ।

खाना पकाउने एलपी ग्यासको भने रु एक हजार ३५० मूल्य कायम गरिएको छ । पोखरा र दाङका लागि भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्