अकोराब प्रदेश ५ को निर्माणाधिन भबनको लेखा परिक्षण, रेडियोहरु आवाज बिहिनको आवाज बन्नुपर्नेमा जोड




टेकबहादुर पुन/दाङ्ग
सामुदायिक रेडियोहरुले जनताको आवाजलाई थप प्राथमिकता दिएर रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्न लमहीका नागरिक अगुवाहरुले आग्रह गरेका छन् ।

नेता भन्दा जनता ठुला हुन भन्ने कुरालाई रेडियोले प्राथमिकता दिन सके मात्रै आवाज बिहिनको आवाजको साथी सामुदायिक रेडियोहरु बन्ने सहभागिहरुको बिश्वास छ । कोरोना भाईरस कोभिड-१९ को महामारिबाट दुर दराजका नागरिक बढि प्रभाबित भएको र त्यस्ता नागरिकको सारथी सामुदायिक रेडियोहरु भएकोले सामुदायिक रेडियोहरुले सोही अनुसार जिम्मेवारी बहन गर्नुपर्ने सुझाब नागरिकहरुले दिएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) प्रदेश नम्बर पांचको निर्माणाधिन भबनको मङ्गलबार दाङको लमहीमा भएको सामाजिक लेखा परिक्षण कार्यक्रमका अबसरमा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिम बहादुर केसिले प्रदेश पांच स्तरिय सामुदायिक रेडियो प्रसारक संघको भबनलाई प्रदेश स्तरिय रेडियो कार्यक्रम उत्पादन प्रसारणको साथै रेडियो तालिम केन्द्रको रुपमा बिकशित गर्नुपर्ने बताए ।

नागरिक समाज दाङका उपाध्यक्ष निम बहादुर थापाले रेडियोहरु लेखपढ गर्न नसक्ने सुनेर मात्र देश दुनिया थाहा पाउने बर्गको भएकाले पनि रेडियोहरुले सोहि अनुसार कार्यक्रम संचालन गर्नुपर्ने बताए ।। उनले एमसिसि र नागरिकताको सवालमा नेताको मात्र नभई नागरिकको मत लिन स्थानिय स्तरमा पनि बहस र छलफल चलाउन आबश्यक रहेकोमा जोड दिए ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) प्रदेश नम्बर पांचका अध्यक्ष केपि घिमिरेले सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर पांचको भबनलाई हबको रुपमा बिकसित गरिने आश्वासन दिए । लमही नगरबिकाश समितिले उपलब्ध गराएको १५ धुर जमिनमा भबन निर्माण कार्य जारि रहेको छ ।

प्रदेश सरकारबाट प्राप्त २३ लाख ७५ हजार २ सय ३१ रुपैयाको लागतमा निर्माण कार्य शुरु गरिएको अकोराबको निर्माणाधिन भबनको पहिलो तला ढलानको काम पुरा भईसकेको छ । अहिले १३ लाख ७० हजार रुपैया निकासा भएको कार्यक्रममा जानकारी गराईएको थियो । बांकी निर्माण कार्यका लागी प्रदेश सरकारले यो बर्ष थप १५ लाख रुपैया बिनियोजन गरेको छ ।

सामुदायिक रेडियो प्रसारक संघ प्रदेश पांचका अध्यक्ष केपि घिमिरेको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर पांचका वडा अध्यक्ष बिम बहादुर केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा रेडियो हाईवे संचालन समितिका अध्यक्ष तिलक बहादुर केसि, रोटरी क्लब अफ लमहीका अध्यक्ष रबिलाल आचार्य, लमही आंखा अस्पताल प्रशासनिक समितिका प्रमुख घनश्याम सुबेदी, पतन्जलि योग समिति दाङ्गकी महिला उपाध्यक्ष सहना श्रेष्ठ, चेम्बरअफ कमर्स लमहीका सचिब केशब अधिकारी, रातोडांडा टोल बिकाश सस्थाका अध्यक्ष कृष्ण खनाल, पत्रकार राधेश्याम गुप्ता लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन रेडियो हाईवेका सम्पादक तथा नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाहले गरेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्