प्यूठानमा दुर्गाको अग्रता कायमै



सैघाली खबर,

प्युठान,२३ मंसिर।
शुरुवाती गणनादेखि नै बामगठवन्धनबाट प्रतिनिधीसभाका लागि उम्मेदवार राजमोकी केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेल अघि देखिएकी छन् ।

शुरुवाती मतगणनामा पौडेल र उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रा।डा।गोविन्दराज पोख्रेलबीच ५१ मतको अन्तर थियो । शनिवार विहान ९ बजेसम्म मतान्तर बढेर २ हजार एक सय १५ पुगेको छ ।
प्रदेस १ का लागि बामगठवन्धनबाट एमालेका निवर्तमान अध्यक्ष हरी रिजाल र लोकतान्त्रिकबाट कांग्रेसका क्षेत्रिय सभापती टेक प्रसाद भण्डारी उम्मेदवार बनेका छन् । प्रदेश २ का लागि बागगठवन्धनबाट माओवादी केन्द्रका जिल्ला संयोजक कृष्णध्वज खड्का र लोकतान्त्रिकबाट नेपाली कांगेसका जिल्ला सभापती अमंरप्रसाद भण्डारी प्रतिस्पर्धामा छन् । जिल्लाभर एक लाख ३८ हजार ६ सय ४१ मतदाता रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्