एमाले नेता शंकर पोखरेल विजयी



जनक नेपाली

दाङ, २३ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल विजयी हुनु भएको छ । पोखरेल दाङ क्षेत्र नं. २ (क) प्रदेशसभामा विजयी हुनु भएको हो । पोखरेलले जम्मा २० हजार ७ सय २३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । उहाँ प्रतिद्धन्द्धी नेपाली काँग्रेसका कमल किशोर घिमिरेले ११ हजार १ सय ७२ मत प्राप्त गर्नु भएको छ । पोखरेल र घिमिर भन्दा ९ हजार ५ सय ५१ मतले अगाडी रहनु भएको छ । । दाङको विकासका लागि उहाँले उच्च भुमिका खेल्दै आउनु भएको छ । दाङमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका संयुक्त गठबन्धन मार्फत चुनाव प्रतिस्प्रर्धामा रहनु भएको छ । क्षेत्र नं. २ (क) को प्रदेश सभाका लागी जम्मा ५१ हजार ७ सय मतदाता रहेका थिए भने जम्मा ३६ हजार ९ सय ३८ मत खसेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो ।

प्रदेश नं. ५ को मुख्य मन्त्रीको दावी
नेकपा एमालेका नेता समेत रहनु भएका पोखरेलले प्रदेश नं. ५ को मुख्य मन्त्रीको रुपमा दावी गर्दै आउनु भएको छ । उहाँले ५ नं. प्रदेशको संमग्र विकासका लागि आफुले मुख्य मन्त्रीको मुमिकामा रहेर काम गर्ने वताउँनुभयो । दाङको विकासका लागि आफुले बृहत योजनाका लागि योजना बनाएको वताउँदै त्यसको कार्यान्वय गर्न आब भुमिका खेल्ने बताउनुभयो । अबको ५ बर्र्षमा यस क्षेत्रको विकासका लागि भुमिका निर्वाह गर्नका लागि सबैको साथ र सहयोगको अपेक्षा समेत राखेको वताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्