कर्णालीका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, आकस्मिकबाहेक सबै सेवा बन्द



काठमाडौं । कर्णालीका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।

अस्पताल निर्देशक मंगल रावलका अनुसार सेवा प्रवाह गरिरहेको खण्डमा संक्रमणको जोखिम बढ्ने भएकाले अर्को सूचना जारी नभएसम्मको लागि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।

‘कोभिड १९ को रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न अनुरोध गर्दै यस विषम परिस्थितिमा प्रत्येक नागरिकले धैर्यतापूर्वक संयमता अपनाउनु हुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्