क्यारेबियन प्रिमियर लिगका लागि सन्दीप सर्वाधिक चौंथो महंगा खेलाडी

उनको मूल्य ९० हजार अमेरिकी डलर


काठमाडौं /१० असार

क्यारेबियन प्रमियर लिग (सीपीएल)को ड्राफ्टमा यसपटकको सिजनका लागि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो मुल्य ९० हजार अमेरिकी डलर मूल्य तोकेका छन् ।

(सीपीएल)ले यो सिजनका लागि खेल्ने खेलाडीहरु छनौंट गर्न आज ड्राफ्ट सार्वजनिक गर्दैछ । सन्दीपले पनि ड्राफ्टमा नाम लेखाउदै आफ्नो मूल्य ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख ५७ हजार तोकेका हुन् ।

सीपीएल ड्राफ्टमा २३ देशका ५ सय ३७ खेलाडीहरुले नाम दर्ता गरेका छन् । जसमा सन्दीप सर्वाधिक चौंथो महंगा खेलाडीमा परेका छन् । ड्राफ्टमा सबैभन्दा महंगा खेलाडीका रुपमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी रहेका छन् । उनको मूल्य १ लाख ६० हजार अमेरिकी डलर रहेको छ ।

दोस्रो महंगा खेलाडीको रुपमा इंग्ल्यान्डका इयान मोर्गान रहेका छन् । उनले १ लाख ३० हजार डलर मूल्य राखेका छन् । क्यारेबियन लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा हुनेछ । कोरोना भाइरसका कारण यसपटकको लिग एकै मुलुकमा सम्पन्न गरिने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्