अस्पतालको बेडबाटै यसरि दुई शिशु साटिएपछि‘



सैघाली खबर,
वीरगन्ज। प्रदेश नम्बर २ को सबै भन्दा ठूलो सरकारी अस्पताल हो वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल। जहाँ पर्सा, बारा , रौतहट , सर्लाही र महोत्तरी सम्मका बिरामीहरु उपचारका लागि आउछन्। तर यही अस्पतालमा दुई दिनमा दुई जना नवजात शिशु साटिएको खबरले अस्पतालमा खैलाबैला मच्चिएको छ।

नारायणी उपक्षेत्रीय अस्पतालमा गत शनिवार र आइतवार गरि दुई दिनमा दुई जना नवजातशिशुसाटिएको आरोप लागेपछि अस्पतालका स्वास्थ्यकर्मीहरु मानसीक तनावमा छन् भने प्रसूति गराउन अस्पतालमा पुगेका महिला र उनीहरुका अभिभावक पनि शंसयमा परेका छन्।

सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ११ घर भई हाल वीरगन्जको प्रगतिनगरमा बस्दै आएका राममनोज प्रसाद कुशवाहाकी पत्नी कामिनीदेवी कुशवाहालाई प्रसूतिका लागि गत शनिवार बिहान आठ बजेतिर अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियो।

भर्ना गरेको करिब डेढ घण्टामै अर्थात बिहान साढे नौ बजे तिर कामीनी देवीले शीशुलाई जन्म दिइन्। प्रस्तुति वार्डमा कार्यरत नर्सहरुले छोरा जन्मिएको खबर सुनाए लगत्तै खुशीले रमाएका राममनोज पसलबाट मिठाइ किनेर ल्याए र आफना आफन्त र नर्सहरुलाई बाँडेर खुवाए।तर मिठाइ बाडेको केहि क्षण बित्न नपाउदै नर्सहरुले जन्मिएकोशिशुछोरा नभइ छोरी भएको जानकारी गराएप्छि राममनोजको सारा खुशी पलभरमै एकाएक गायब भयो।

मेरी पत्नीले छोरालाई जन्म दिएको खबर नर्सहरुले दिए, त्यस बेला मेरी श्रीमति र सासुले पनि छोरा नै जन्मिएको मलाई बताए, खुशीमा मैले होटलबाट मिठाइ ल्यार सबैलाई बाँडे, राममनोजले भने, ‘तर पत्‍नी र शीशुलाई प्रसूति वार्डबाट निकालेर बेडमा ल्याएपछि नर्सहरुले छोरा नभइ छोरी जन्मिएको बताएपछि मेरो त होसहवास नै उड्यो, बच्चा साटियो भनेर मैले त्यहिबेला होहल्ला गरे तर मेरो कुरा कसैले सुनेनन्।’

अस्पतालको प्रसूति वार्डमै शिशु साटिएको भन्दै राम मनोजले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी नै दिएका छन्।उजुरीमा उनले आफनी पत्नि र साटिएको शीशुको डिएनए परिक्षणको पनि माग गरेका छन्।राममनोजले उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले यस बारेमा छानबिन गर्न आइतवार नै नारायणी उपक्षेत्रीय अस्पताललाई पत्र काटेको छ।

अस्पतालका मेसु डाक्टर इमामुलले जिल्ला प्रशासन कार्यालयबाट पत्र आएको भन्दै यस बारेमा आफुले छानबिन गरिरहेको बताए। ‘आज दिनभरि मैले प्रसूति विभागमा कार्यरत नर्स र डाक्टरहरुसँग बयान लिए, मेसु इमामुलले सोमबार भने, ‘तरशिशुसाटिएको भन्ने कुरा पुष्टि भएन, मंगलवार मैले शिशुकी आमा र बुबा दुवैलाई बोलाएर उनीहरुसँग पनि कुरा गर्छु।’

शनिवारशिशुसाटिएको घटना सेलाउन नपाउदै आइतवार फेरि त्यहि अस्पतालमा अर्को नवजातशिशुसाटिएको घटना सार्वजनिक भएको छ।वीरगन्ज १ बजार छपकैया निवासी अनिल पासवानकी पत्नि उषा देवीले आइतवार साँझ जन्म दिएकीशिशुअस्पतालका नर्सहरुले साटेको आरोप लागेको छ।

बाराको जितपुरस्थित माइतीघरमा बस्दै आएकी उषादेवीलाई प्रसव बेथाले च्यापेपछि उनकी आमा जयगनीया देवीले जितपुरबाट नारायण उपक्षेत्रीय अस्पतालमा पुर्‍याउने क्रममा वीरगन्जको घण्टाघर चोकबाट इ रिक्सामा हालेर अस्पताल लैजादै गर्दा इ रिक्सामै उषा देवीले शीशुलाई जन्म दिएकी थिइन्।

इरिक्सा अस्पताल नपुग्दै बाटोमै बच्चा जन्मियो, त्यस पछि मैले आमा र बच्चा दुवैलाई त्यहि इरिक्सामा हालेर अस्पतालमा पुर्‍याए , जयगनीया देवीले भनिन्, ‘अस्पतालको गेटमा पुग्ने बित्तिक्कै नर्सहरुले बच्चालाई लिएर भित्र वार्ड तिर गए, म पुर्जी काट्न गए।

जेल रोडको बाटोमा इरिक्सामा बच्च जन्मिएका बेला त्यहा सघाउन आएका चार पाच जना महिलाहरुले छोरा जन्मिएको बताएपनि अस्पतालका नर्सले भने छोरा नभइ छोरी जन्मिएको बताएपछिशिशुसाटिएको आरोप लगाउदै जयगनीया देवीले होहल्ला गरेपछि अस्पतालको प्रसूति वार्डमा तनाव सृजना भएको थियो।

शीशुकी हजुरआमा जयगनीया देवीले अस्पतालका नर्सहरुलेशिशुसाटिएको भन्दै होहल्ला गरेपछि प्रहरीले प्रसूति वार्डमा पुगेर स्थिती साम्य पारेको थियो।आइतवार बेलुकी प्रसूति वार्डमै अस्पतालका मेसु डाक्टर इमामुल , प्रहरी र शीशुका अभिभावक बिच भएको छलफलमा सम्झाइ बुझाइ गरेपछि शीशुकी हजुरआमा जयगनीया देवीले जन्मिएकोशिशुछोरा नभइ छोरी नै भएको भन्दै सहमति जनाएकी थिइन्।

मलाई अझै पनि शंका छ बच्चा साटिएको छ भनेर, आइतवार बेलुकी अस्पतालमा भेटिएकी जयगनीया देवीले भनिन् ,‘ अब जे हुनु भइ गयो , तर मेरो मन भने मानिरहेको छैन। दुई दिनमै दुई जनाशिशुसाटेको आरोप लागेपछि अस्पतालका नर्स, डाक्टर लगायतका स्वास्थ्यकर्मीहरु तनावमा काम गर्न बाध्य भएको अस्पतालका मेसु डाक्टर इमामुलले मंगलवार बताए।

खासगरी गाइनो वार्ड ९प्रसूति वार्ड०का नर्स र डाक्टरहरु मानसीक रुपमा बढि तनावमा छन् , उनले भने ,‘ अरु महिला सुत्केरीका लागि आउदा पनि फेरि त्यस्तै आरोप लाग्छ किन भनेर कोहि पनि नर्स अगाडि सर्न मानिरहेका छैनन् , तै पनि मैले सम्झाइ बुझाइ गरेर काममा खटाइरहेको छु।

नारायणी उपक्षेत्रीय अस्पतालबाटै गत माघ २१ गते एक नवजातशिशुचोरी भएको थियो। चोरी भएको उक्त शीशुलाई तीन दिन पछि प्रहरीले पर्साको बेल्वा मिलनटोलबाट फेला परेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्