आज ११ आषाढ २०७७ बिहिवार को राशिफल



मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शरीरमा आलस्यता आउला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रणय प्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
लाभ,हानी,आय,व्यय वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । शुभकार्यमा सरिक भाईनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आफन्तसंग भेटघाट हुनेछ । सामाजिक कार्यमा मन जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज शुभकार्यको योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो यात्रा रहला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घर पारीवर र साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्