मुख्य समाचार

देशभर मनसुन सक्रियः भारी वर्षाको संभावना, सतर्कता अपनाउन अनुरोध

By Thah Online

June 25, 2020

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावले वर्षा भइरहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका अधिकांश भूभागमा बदली रहेको छ।प्रदेश १, २, ५, सुदुर पश्चिम र बागमति प्रदेश आसपासका क्षेत्रहरूमा बर्षा भईरहेको छ।

आज र भोली पनि देशका अधिकांश स्थानहरुमा बर्षा हुने महाशाखाको अनुमान छ । आज दिउँसो देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाको अनुमान छ ।

राती देशको सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक९दुई स्थानमा भारी वर्षाको संभावना छ।

असार १२ गते ९शुक्रबार पनि दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। राती देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। भने, प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

महाशाखाले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको जनाउँदै ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।