ला लिगाः बार्सिलोनालाई उछिन्दै रियल मड्रिड शिर्ष स्थानमा



काठमाडौं । स्पेनिस लिग फुटबलमा रियल मड्रिड पुनः शिर्ष स्थानमा फर्किएको छ ।गएराति घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २–० ले पराजित गर्दै रियालले शिर्ष स्थानको बार्सिलोनालाई उछिनेको हो ।

खेलमा रियाललाई विजयी गराउन भिनिसियस सुनियर र कप्तान सर्जियो रामोसले एक एक गोल गरे ।

जितसँगै रियाल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियालले बार्सिलोनालाई उछिनेको हो ।

मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको छ ।एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्