टप फिचर

मोटरसाइकल दुर्घटनामा आमा-छोराको मृत्यु

By Thah Online

June 25, 2020

सप्तरी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका-५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।