सैघाली खबर,
काठमाडौँ २३ मंसिर। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता फराकिलो पार्दै गएका छन् । चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनाअनुसार प्रचण्डले ४०७८ मत ल्याएका छन् ।
यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २४१३ मत ल्याएका छन् ।
त्यस्तै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । शनिबार बिहान सवा ९ बजेको मतगणनाअनुसार गोरखा क्षेत्र नम्बर २ मा भट्टराई ३६४२ मतान्तरले अगाडि छज् ।
४५१७३ मत गणना हुँदा भट्टराईले २३११७ मत ल्याएका छन् भने नाराणकाजी श्रेष्ठले १९४७५ मत ल्याएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।