सैघाली खबर
दाङ,२३ मंसिर । दाङ क्षेत्र नं ३ मा बाम गठबन्धन अगाडी देखिएको छ । प्रतिनिधि सभाका उम्मेदवार हिराचन्द्र केसी १३ हजार ८ सय ७८ मत प्राप्त गरी अगाडी रहनु भएको छ । उहाँ प्रतिस्प्रर्धी नेपाली काँग्रेसका दिपक गिरीले १० हजार ५ सय ५३ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत हेमन्त राववले जानकारी दिनुभयो । केसी भन्दा गिरी ३ हजार ३ सय ३५ मतले अगाडी रहनु भएको छ ।
क्षेत्र नं. ३ (क) मा डिल्ली चौधरी अगाडी
दाङ क्षेत्र नं. ३ प्रदेशसभा १ मा डिल्ली चौधरी अगाडी रहनु भएको छ । चौधरी बाम गठबन्धनका जगप्रसाद शर्मालाई पछि पार्दै अग्र स्थानमा रहनु भएको छ । शर्मा भन्दा चौधरी ७ सय १८ मतले अगाडी रहनु भएको छ ।
यस्तै क्षेत्र नं. ३ को प्रदेश सभा १ मा बाम गठबन्धनका जगप्रसाद शर्माले ६हजार ५ सय ४८ र नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरीले ७ हजार २ सय ६ मत प्राप्त गर्नुभएको छ । भने क्षेत्र नंं. ३ को प्रदेशसभा २ मा वाम गठन्धनमा उत्तर कुमार ओलीले ११ हजार ७९ मतप्राप्त गर्नुभएको छ । भने नेपाली काँग्रेसका बुद्धिराम भण्डारी ७ हजार ४ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।