पर्यटनको पर्खाइमा कालीगण्डकी गाउँपालीकाको होस्मादी झरना



अमृत भट्टराई, पर्वत / ११ असार

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा तीन जयखानेमा पर्ने होस्मादी झरना केही समयदेखि यता सबैको फोटो खिच्ने फोटो स्टुडियो जस्तै बन्दैछ ।

कालीगण्डकी करिडोर निर्माण भएपछि देखिएको कालीगण्डकी करिडोरमा अबस्थित यो झरना सबैलाई मनै लोभ्याउने गन्तव्य बन्दै गएको स्थानीयले बताउछन् ।

कालीगण्डकी करिडोरमा यात्रा गर्ने जो कोही पनि उक्त स्थानमा पुगेपछि फोटो खिच्ने गरेको पाइन्छ । गर्मी समय सरु भए सँगै यश होस्मादी झरनामा पौडी खेल्न युवाहरू विभिन्न ठाउँबाट आउने गरेको पाइएको छ ।

स्थानीय का अनुसार भौतिक विकासका पुर्वाधार र प्रचारप्रसारमा गाउँपालिका ले ध्यान दिन आवश्यक रहेको बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्