पत्रकारलाई दुर्व्यवहार गर्ने जनप्रतिनिधि विरुद्ध प्रहरीमा उजुरी दर्ता



नुवाकोट, असार १२
पत्रकारमाथि दुर्व्यवहार गर्ने नुवाकोटको तारकेश्वर गाउँपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

१० गते बुधबार गाउँपालिकाको गाउँसभामा समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ नुवाकोटका सदस्य एवम् टि.भि. त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीमाथि गालि गलौज, हातपातको साथै हातमा भएको क्यामेरा खोसि पत्रकारलाई दुर्व्यवहार गर्ने जनप्रतिनिधि विरुद्ध प्रहरीमा उजुरी गर्ने गाउँपालिकाको काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु वडा नं. १ का दयानिधि अधिकारी, वडा नं. ३ का सुर्यमान श्रेष्ठ र वडा नं. ६ का ज्ञानेन्द्र तामाङ विरुद्ध भण्डारीले शुक्रबार कारबाहिको माग सहित प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

सोहि कार्यक्रममा समाचार संकलनमा गएका त्रिशुली खबरका साप्ताहिकका सम्पादक नवदी श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीमाथि हातपातको कोसिश र दुर्व्यवहार गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्