चितवनका थप १३ जनामा कोरोना संक्रमण



काठमाण्डौँ, असार १२
नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुरस्थित प्रयोगशालामा गरिएका २१४ वटा नमुना परीक्षणमध्ये १३ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।

जसमध्ये माडी नगरपालिकाका ९, चितवन मेडिकल कलेजमा उपचाररत १, भरतपुर महानगरपालिकाका २ र रत्ननगर नगरपालिकाका १ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार २ सय २५ पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्