सैघाली खबर,
काठमाडौं ।
चितवन क्षेत्र नं ३ मा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ ।
सो क्षेत्रमा आठ हजार ८५ मतगणना गर्दा दाहालले चार हजार ६२७ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिद्वन्द्वी विक्रम पाण्डेले दुई हजार ८७७ मत प्राप्त गर्नुभएको छ । पाण्डे भन्दा दाहालले एक हजार ७५० मत बढी ल्याउनुभएको छ । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।
यसैगरी क्षेत्र नं २ मा ६ हजार ३८८ मतगणना गर्दा नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले तीन हजार ९९३ र नेकाका शेषनाथ अधिकारीले एक हजार ९३५ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकोमा ७७ हजार ४७६ मत खसेको थियो ।
क्षेत्र नं १ मा सात हजार ७७४ मतगणना हुँदा नेकपा ९एमाले०का सुरेन्द्र पाण्डेले चार हजार ५३९ र काँग्रेसका राजेन्द्र बुर्लाकोटीले दुई हजार ८९४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।
जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ५४ हजार ३६ रहेको छ । समग्रमा जिल्लामा ७३ दशमलव ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।