सैघाली खबर,
काठमाडौं २३ मसिंर। निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनकोे समानुपातिकतर्फको मतगणना सुरु गरेको छ ।
सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ । एमाले दोस्रो र माओवादी केन्द्र तेस्रोस्थानमा छ भने चौथो स्थानमा नयाँ शक्ति पार्टी देखिएको छ ।
हालसम्मको परिणाम अनुसार समानुपातिकमा कांग्रेसले ५१६३ मत, एमालेले ४६१३ मत पाएको छ भने माओवादीले १४३४ मत पाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।