युएईबाट थप एक सय ४६ नेपाली स्वदेश फर्किए



काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका थप एक सय ४६ जना नेपाली आज नेपाल फर्किएका छन्।

नेपाल एयरलाइन्सको उडान नम्बर आर– ए २२९२ मार्फत युएईको दुबई बिमानस्थलबाट आज बिहान एक सय ४६ जना स्वदेश फर्किएका हुन्।

आज फर्कनेहरुमा फ्लेक्स फेसेलिटी म्यानेजमेन्ट्का १ सय २० जना, सिटीमेड फेसेलिटी म्यानेजमेन्ट्को १० जना, इमिरेट्स क्यावको ६ जना, २ जना गर्भवती र ५ जना बिमारी र ३ जना भिसिट भिषामा विचल्लीमा परेकाहरु हुन्। उनीहरु दूतावासको प्राथमिकतामा परेका पीडितहरु हुन्।

उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो।

उनीहरुको सहजीकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका श्रम सहचारी मोतिराम भुसाल, श्रम काउन्सिलर निर्मला थापा, जनसंपर्क अधिकृत इरफान आलम र सहदेव गिरी दुबई विमानस्थल पुगेका थिए।

साथै, गैरआवासीय नेपाली संघ ९एनआरएनए० मध्यपूर्व उप संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही पनि विमानस्थल पुगेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्