लकडाउन अवधिभरको भाडा मिनाहा गर्न घरधनीलाई नेपाल राष्ट्रिय व्यवसायी महासंघको माग



काठमाडौँ / १४ असार
नेपाल राष्ट्रिय व्यवसायी महासंघले आम उद्योगी–व्यवसायीहरुका लागि सटर भाडा मुख्य चुनौतीको रुपमा देखा परेकाले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ ।

महासंघले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै लामो समय आफ्नो व्यवसाय प्रतिष्ठान बन्द गर्नुपरेको कारण कुनै आम्दानी नभएको बताउँदै लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै पसल व्यवसायहरु यतिबेला सञ्चालन गर्न दिएपनि हाल देशमा लकडाउन नै रहेको र आम सर्वसाधारणमा भएको कोरोना त्रासका कारण व्यापार हुन नसकेको अवस्था छ ।’

त्यस्तै, लकडाउन केही सहज भइसकेपछि पनि व्यापार ठप्प प्रायः भएका कारण सम्पूर्ण व्यवसायीहरु दैनिक गुजारा टार्नसमेत संकट खेप्नुपर्ने अवस्था भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘लकडाउन अवधिभरको घरभाडा मिनाहा गरिदिनु हुन देशभरका आम घरधनी महानुभावहरुलाई नेपाल राष्ट्रिय व्यवसायी महासंघ विनम्र अनुरोध गर्दछ । साथै यसको सहजीकरणका लागि सम्पूर्ण स्थानीय सरकारसँग पनि महासंघ अनुरोध गर्दछ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्