पोखरेलको विजयी रर्याली




सैघाली खबर
दाङ, २३ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङ क्षेत्र नंं.२ (क) को प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि घोराहीमा विजय ¥याली निकालिएको छ । वाम गठवन्धनका साझा उम्मेदवार मध्य पोखरेल दाङवाट निर्वाचित हुने पहिलो उम्मेदवार हुन । त्यसैले पनि पूर्व मन्त्री समेत रहेका पोखरेलको विजय उत्सवमा वाम गठवन्धनका हजारौ नेता कार्यकर्ता सहभागि बनेका थिए । पोखरेललाई जीपमा राखेर घोराही बजार परिक्रमा गरिउको थियो ।

दाङ राजधानी निश्चित पोखरेल
यसैबीच प्रदेशसभा सदस्य पोख्रेलले दाङलाई प्रदेश नं। ५ को प्रदेश राजधानी दाङ नै हुने वताउनु भएको छ । निर्वाचित भए लगतै दाङलाई ५ नंं प्रदेशको बलियो आधारशिला बनाउने प्रतिबद्धता अनुरुप काम गर्ने विश्वास दिलाउनु भएको थियो । उनले जनतासंग गरेको वाचा पुरा गर्न योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको भयो ।

शनिवार विहान सार्वजनिक गरिएको अन्तिम मत परिनाम अनुसार पूर्व सञ्चार मन्त्री समेत रहेका पोख्रेलले प्रतिस्प्रर्धा भन्दा ९ हजार ५ सय ५१ मत बढी प्राप्त गरि विजयी हासिल गरेका हुन । पोख्रेललाई २० हजार ७ सय २३ मत प्राप्त हुँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेलाई ११ हजार १ सय ७२ मत मात्रै प्राप्त भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्