कैलाली ४ को मतगणना रोकियो



सैघाली खबर
कैलाली,२३ मंसिर

कैलाली क्षेत्र नंं ४ को मतगणना रोकिएको छ । गणकहरुले प्रतिनिधिसभाका मतपत्र प्रदेशसभामा र प्रदेशसभाका मतपत्रहरु प्रतिनिधिसभामा खन्याए पछि भएको विवादका कारण मतगणना स्थगित भएको हो । दलहरुले विवाद उत्पन्न गरेपछि क्षेत्र नम्बर ४ मा दिउँसो पौने दुई वजेपछि मतगणना कार्य स्थगित भएको हो ।

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा अन्तर्गत अहिलेसम्म गणना भएको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उमेदवार लेखराज भट्ट अगाडि हुनुहुन्छ ।

उहाँले ८ हजार ५०३ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका सुनिलकुमार भण्डारी ५ हजार ५२१ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ । विवाद सुल्झाउन अहिले सर्वदलिय बैठक बसिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्