सुनको मूल्य आज हालसम्मकै उच्च, कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य हाल सम्मकै उच्च हो । यो शुक्रबारको मूल्य भन्दा ७ सय रुपैयाँले वढी हो । शुक्रबार ९० हजार ६०० मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्