विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी हुनबाट वञ्चित



सैघाली खबर
काठमाडौं,२३ मंसिर


विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी हुनबाट वञ्चित भएको छ । विवेकशीलले सबैभन्दा बढी आशा गरेको काठमाडौं १ नम्बर क्षेत्रमा रवीन्द्र मिश्र पराजित भएपछि विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्ने संभावना लगभग सकिएको छ ।
मिश्र कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतान्तरले पराजित हुनु भएको हो ।

राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नैपर्ने र समानुपातिकमा ३ प्रतिशत मत कटाउनु पर्ने अवस्थामा काठमाडौं १ को चुनौतिपूर्ण क्षेत्रबाट उम्मेदवारी दिएका मिश्रले प्रतिस्पर्धात्मक र सम्मानित मत पाए पनि विवेकशील साझालाई राष्ट्रिय पार्टी बनाउन सक्नु भएन ।
यसपटक राष्ट्रिय दल बन्ने र अर्कोपटक देशकै नेतृत्व गर्ने महत्वाकांक्षी नारा बोकेर चुनाव लडेका मिश्रले वाम गठबन्धन र कांग्रेसपछि तेश्रो ठुलो शक्ति बन्ने अनुमान गरिएको थियो । २०७० सालको दोश्रो संविधानसभाको चुनावमा समानुपातिकतर्फ राम्रो मत ल्याएर तेश्रो पार्टीको राप्रपा नेपाल जस्तै यसपटक विवेकशील साझाले पनि संसदमो तेश्रो शक्ति बन्ने धेरैको अनुमान थियो ।

तर नयाँ संविधानमा ३ प्रतिशतको थ्रेस होल्डको व्यवस्था र रवीन्द्र मिश्रको पराजयको कारण नै विवेकशील साझा राष्ट्रिय दल बन्न सकेन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्