जाजरकोटका विभिन्न स्थानमा देखिए सलह



दिपेन्द्र सिंह
जाजरकोट, २०७७ असार १८ ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका ७ पुन्माम पनि सलह देखिएको छ । मंगलबार बिहाना सदरमुकाम खलंगामा र भेरी नगरपालिका २ मा बाँजको रुखका पातहरु जमिनमा झारिरहेको अवस्थामा देखा परेको थियो ।

बुधबार साँझ ७ बजेतिर आकाशमा धेरै संख्याम उडिरहेको अवस्थामा भेरी नगरपालिका ७ पुन्मामा देखिएको हो । आईतबार भारतबाट बारा, पर्सा र रौतहटमा प्रबेश गरेको सलह मंगलबारदेखी जाजरकोटका विभिन्न स्थानम देखिन थालेको छ । सलह गाउँमा भित्रीएपछि बुढापाकाले भाँडा बजायो भने भाक्छ भन्ने कुरा गरेपछी, स्थानियले बारिमा भाँडा बजाएका थिए भने धेरै कृषक चिन्तित हुँदै भन्दै थिए अब त भोकमरी पर्ने भयो कोरानाले त्रसित बनाईरहेका बेला यो कस्तो किरा आयो एकैपटकमा बोटबिरुवा सबै रित्याईदिने । सलह गाउँमा भित्रीदा कृषक धेरै चिन्तित देखिन्छन ।

जाजरकोटमा धेरै संख्यामा देखिएको सलह कहाँबाट कसरी र कति संख्यामा जाजरकोट आईपुगेको हो भन्ने पुष्टी हुन सकेको भने छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्