‘हामिले पत्रकारमाथि दुर्व्यवहार र अपमान गरेकै हौँ, ’ तारकेश्वरका कांग्रेस वडाध्यक्ष




नुवाकोट, असार १४
असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभामा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि आफूहरुले दुर्व्यवहार र अपमान गरेको कांग्रेसबाट निर्वाचित वडा नं १ का वडाध्यक्ष दयानीधि अधिकारीले स्वीकार गरेका छन् ।

गाउँपालिकाले आफूहरुको वडामा समान बजेट विनियोजन नगरेकामा आपत्ति जनाउदैँ कांगैसबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएका थिए । सोहि स्थानमा गाउँपालिकाको निमन्त्रणामा समाचार संकलन गर्न पुगेको टि।भि। त्रिशुलीका समाचार प्रमुखको हातबाट क्यामेरा खोसेको कुरा सत्य भएको वडाध्यक्ष अधिकारीले बताए । सोहि भिडभाडमा परेर क्यामेरा खसेर फुटेको हो तर पत्रकारमाथि हातपात भने नगरिएको उनले बताए ।

गाउँपालिकाको अध्यक्षको व्यवहारबाट हामि आक्रोशित थियौँ, हाम्रो भिडियो खिचिएको कारण हामिले क्यामेरा खोसेका थियौँ । त्यस पश्चात हामिले क्यामेरा प्रहरीलाई दिएका थियौँ तर पनि अरु साथिहरुले खोसेका कारण क्यामेरा फुटेको वडाध्यक्ष अधिकारीले बताए ।

पार्टीगत हिसावले नै गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बजेट विनियोजनमा आफूहरुलाई असमान व्यवहार गरेको वडा नं ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले बताए । सोहि कारणले हामिहरुले गाउँ सभामा विरोघ जनाएको बताए । तर त्यहाँ पत्रकार पनि छन् भन्ने हामिलाई थाहा नभएकोले पत्रकारमाथि क्षति पुग्न गएको उनले बताए । हामि संगको कुराकानिमा उनले भने, हामिले घेराउ गरेर पत्रकार १२ बजे राति पुलिसको गाडिमा यहाँबाट गएको रे भन्ने आरोप लगाईएको छ, तर त्यो गलत हो । गाउँसभा साँझ ७ बजे सकिए पछि हामि सर्बै त्यहाबाट हिडेका थियौँ, हामिले कुनै पनि किसिमको अवरोध गरेको छैन् । हामिले हाम्रो गल्ति महशुस गरेका छौँ तर गलत आरोप भने लगाउन पाईदैन्, उनले भने ।

गाउँपालिकाले पत्रकार बोलाएको कुरा समेत हामिलाई थाहा नभएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यस किसिमको घटना र्सिजना गर्ने काम गाउँपालिकाले गरेको हो । हामिले त जनताको आवाज मात्र उठाएका थियौँ त्यहाँ तर पटक पटक भन्दा समेत जनताका माग सम्बोधन नभए पछि हामि आक्रोशित हुन बाध्य भएका हौँ, वडाध्यक्ष श्रेष्ठले भने । बाहिर पनि जनताहरु आक्रोशित भएका थिए त्यसैले पत्रकार र संञ्चार सामाग्रीमा क्षति पुग्न गएको हो । त्यको जिम्मा र क्षतिपूर्ति गाउँपालिकाले नै व्यहोर्नुपर्ने उनले बताए ।

त्यस्तै वडा नं ६ का वडाध्यक्ष ज्ञानेन्द्र तामाङले गाउँपालिकाले तयार गर्ने निति तथा कार्यक्रममा पोहोर पनि आफूहरुलाई सहभागि नगराएको र यस पटक पनि सोहि कार्य गरेको बताए । हामि निर्वाचित वडाध्यक्ष हौ, हामि पनि गाउँपालिकाको अंग हौँ तर दलिय आधारमा विभेद गरेकाले हामिले गाउँ सभामा विरोध गरेको उनले बताए । उनका अनुसार, गाउँ सभामा भएको घटनामा हामि भन्दा पनि गाउँपालिकाका अध्यक्ष गैर जिम्मेवार हुन् । हामिहरुले कार्यक्रम स्थल सानो छ सबै अटाउन सकिदैन् अन्य ठाउँको व्यवस्था गर्न भनेका थियौ, तर हामिले त्यसो भन्दा अध्यक्षले नअटे जादाँ हुन्छ तर कार्यक्रम यहि हुन्छ भने ।

कार्यक्रम हल सानो थियो त्यसमा हामि पनि बल्ल अटेका थियौँ, पत्रकारलाई बस्ने ठाउँ समेत थिएन् । गाउँपालिकाले हाम्रा वडावासिको समस्यालाई सम्बोधन नगरे पछि हामिले विरोधका नारा लगाएका हौँ । त्यहि भिडमा पत्रकार साथिहरुलाई पनि असर गर्न गउको हो, वडाध्यक्ष तामाङले भने । क्यामेरा बाहिर अरु साथिहरुले फुटाएको उनले बताए । उनले भने, उक्त घटना अन्जानमा नै भएको हो ।

सोहि कार्यक्रममा समाचार संकलनमा गएका त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदी श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीमाथि हातपातको कोसिश र दुर्व्यवहार गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्