राप्ती गाउँपालिकाका ८ जना सहित दाङमा ३४ जनामा कोरोना पुष्टि




ओमप्रकाश गुप्ता , दाङ, १४ असार । दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा ४० जनाको रिपोट पोजेटिभ आएको छ । जसमा देउखुरीकाे राप्ती गाउँपालिकाका ८ जना सहित दाङमा ३४ जना कोरोना संक्रमित थपिएका हुन् । बाँकी ६ जना मध्ये पाँच जना कपिलबस्तु र एक जना रोल्पाका रहेका छन् । जिल्लामा संक्रमित हुनेहरूमा राप्ती गाउँपालिका वार्ड नम्बर २ मा १५, १८, ३०, ४० बर्षीय पुरूष, वार्ड नम्बर ३ मा २१, २२, २३ बर्षका पुरूष र वार्ड नम्बर ६ मा १६ बर्षका पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ ।

त्यस्तै तुलसीपुर ११ उरहरी मावि क्वारेन्टाईनबाट संकलन गरिएको नमुना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ । तुलसीपुर ११ का ३५ र रुकुमका ३५ बर्षिय पुरुषमा कोरोना पुष्ट भएको हो । यस्तै रक्षाचौर क्वारेन्टाईनबाट संकलन गरिएको ५ जनाको नमुना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको छ । यस्तै घोराहीका ५ जना, बंगलाचुलीका १४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै जिल्लामा काेराेना संक्रमित हुनेको संख्या ५ सय २० पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्