दाङमा खानेपानी संस्थाले गर्यो डस्टबिन वितरण

स्थानिय निकायले सरसफाईमा बढी लगानी गर्नु पर्नेमा जोड


टेकबहादुर पुन, दाङ / १४ असार
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजना तथा डिभिजन बन कार्यालय देउखुरीको सहयोगमा लमहीका १५ वटा संघसंस्था लाई २१ वटा डस्टबिन बितरण गरिएको छ ।

जसमध्य देउखुरी बहुमुखी क्याम्पस र आदर्श माबी देउपुरलाई ३-३ वटा, वडा प्रहरी कार्यालय लमही, लमही अस्पताल र ब्रम्हाकुमारी ईश्वरी बिश्व बिद्यालयलाई २-२ वटा डस्टबिन बितरण गरिएको छ । त्यस्तै मनकामना महिला बिकाश संस्था, नगरपालिका स्तरिय जेष्ठ नागरिक सञ्जाल, देउखुरी सामुदायिक सेवा केन्द्र, रेडियो देउखुरी, रेडियो नयायुग, रेडियो हाईबे, भक्ति थापा स्मृती पार्क, सत्य साई केन्द्र लमही र ईलाका प्रशासन कार्यालय लाई पनि १-१ वटा डस्टबिन बितरण गरिएको छ ।

मानिसको जीवनमा स्वास्थ्य अति संबेदनसिल रहेकाले स्थानिय निकायले सरसफाई तिर बढी लगानी लगाउनु पर्नेमा कार्यक्रमका बक्ताले जोड दिएका छन । डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिँडारीले स्थानिय सरकारले स्वास्थ्य, खानेपानी, सरसफाई तथा हरियाली बनजँगल तिर प्राथमिकताका साथ बढी लगानी लगाउनु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख बिँडारीले नगरसभाले स्वास्थ्यलाई बढी ध्यानमा राखी बनजँगल लाई पनि प्राथमिकतामा राखेको हेर्न पाउने अपेक्षा लिए ।

यो सँगै खानेपानी संस्थाले विभिन्न क्षेत्रमा सह्राहनिय काम गर्दै आईरहेको छ । संस्थाले लकडाउन बाट प्रभाबित भएका ९ सय २६ जना पैदल यात्रु लाई खाजा पानी खुवाएको थियो । त्यस्तै १ सय जनालाई खाना, बनगाँउ स्कुलमा अध्ययन रत १२ जना पुर्ब कम्लहरी लाई राहत सहयोग, ३ जना अशक्त अपाङ्गता भएका ब्यक्तीलाई राहत सहयोग, लमही रातो डाँडा स्थित क्वारेन्टाईमा लक डाउन अबधीभर पिउने पानीको ब्यबस्था समेत गरिदिएको छ ।

त्यस्तै उक्त संस्थाले लकडाउन बाट प्रभाबित भएका आफ्ना उपभोक्ता मध्य १६ घरधुरीलाई ३ महिनाको पानी महसुल पुरै छुट, टोलटोलमा गई सचेतना सँगै स्वास्थ्य चेकजाँच र मास्क पनि बितरण गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्