पुरै गाँउ नै श्रममा



गिरिराज नेपाली

जेष्ठ २२ , दाङ । घोराही उप–महानगरपालिका ११ नयाँवस्ती अर्थात गन्दर्भ वस्ती ,मुस्किलले ५÷७ घर मात्रै वाह्रै महिना खुल्ला देख्न पाईन्छ ।’ वाँकी सवै घर ६ महिना खुल्ला हुन्छन र ६ महिना वन्द । ‘के वालक ,के वृद्ध ,के महिला पुरै गाँउ नै रित्तो हुन्छ हिउद लागेपछि । करिव ७५ घरपरिवारका वासोवास रहेको उक्त वस्तीका ५५÷६० घरपरिवारहरुको परम्परा वनेको छ ६ दाङ र ६ महिना काठमाण्डौ । हिउद लागे काठमाण्डौ , वर्खा लागे घरमा फर्किनु उनीहरुको परम्परा नै वसीसकेको छ । उमेर ६०÷७० पुगेको वृद्धवृद्धा देखी काँखको दुधे वालक च्यापेर सवै आमा , गर्भ महिला ,युवा युवती , किशोर किशोरीहरु हाल फर्किने क्रम हाल चलिरहेको छ ।3

७५ घरपरिवारका करिव १ सय ५० वालवालिकाहरुको मध्ये करिव १ सय हाराहारीको वालवालिकाहरु मौसमी कामदारका रुपमा काठमाण्डौको ईट्टा भट्टामै वाल्यकाल विताई रहेका छन । भने उनीहरुको आमावावुहरुको वाल्यकाल पनि त्यसरी वितेको थियो । वस्ती नजिकै रहेको वाल कल्याण प्राविमा पनि मुस्किलले ६ महिना मात्रै विद्यार्थीहरुको भरिभराउ हुन्छ । वाँकी ६ महिना प्रत्येक कक्षामा ५÷७ जनाको भरमा चल्दै आईरहेको छ ।

रोजगारका लागि प्रर्याप्त अवसर नहुनु , पारिवारीक विपन्नता र घरखेतीको उव्जनी हुने जग्गा जमिन केही भए पछि पुरै गाँउ नै उल्टिएर काठमाण्डौका ईट्टा भट्टाहरु जाने उक्त वस्तीको गन्तव्य नै वनेको छ । वर्षातको समय सुरु भए संगै रोजगारका लागि काठमाण्डौ भट्टामा पुगेका वृद्ध वालक , महिला र युवाहरु फर्किने क्रम हाल सुरु भएको छ । यताको कमाईले नपुग्ने , छोरा ,छोरी ,श्रीमती सवै गए आम्दानी वढ्ने भएकाले गाँउका पुरै परिवारले छोरा छोरी , श्रीमती वृद्ध बा आमा सवै लाई वोकेर गए ६ महिनामै एक वर्ष जतिको कमाई हुने स्थानिय तिलक गन्दर्भ वताउछन । उनले भने ‘अव भट्टामा काम हुदैन । ’ अव सवै गाँउले घर फर्किने तयारीमा छन । आधाउधी आईनै सके । आधाउधी अझै आउन वाँकी छन । उनले भने ‘छोराछोरी , श्रीमती सवै गए कमाई धेरै हुन्छ । एक्लै गए उता खाने कि यता पठाउने ? छोरा छोरीले दिनको ४÷५ सय सम्म ढ्यारी वसाल्छन । हामीले हजार ÷वाह्र सय वसाल्छौ । सवैको दिनमा २ हजार २५ सय हुन्छ । छोरा छोरी लाई यता राखेर पढाउन नसक्ने भएर उतै लगेर कमाउन लगाउछौ ।

5त्यस्तै स्थानिय ३० वर्षिय जानकी गन्दर्भले घरको उव्जनी केही छैन । घरवास मात्रै छ । सवैथोक काम गरेर खानुपर्छ । स्कुल पठाउ भने कापी कलम , ड्रेस ,झोला सवैथोक चाहियो । एक्लै हामीले गरेर मात्रै केही हुदैन । उनीहरुको पेट भर्नुपर्छ । ‘अलिअलि आखाँ देख्ने भईसके , काम गरेर हामी लाई साहारा दिने भईसके छन । ’ छोरा छोरी लाई पढाई लेखाई गरी ठुलो मान्छे वनाउने रहर हामी लाई पनि किन नहोस् । तर पुग्दैन , भोकै नाङगै राख्न सकिदैन । आफु संगै साथमा लग्यो । कसैले वच्चा वच्ची हेरचाह गर्छन । कसैले काम गर्छन । अलिअलि भए पनि पैसा कमाउछन । अरु उपाय नै के छ र ? न हाम्रो उपाय केही छ । छोराछोरी लाई पढाउने । उनले भनिन ‘नजिकै सिमेन्ट उद्योग छ । कामको राम्रो दाम पाईदैन । काम गर्न गयो । उही मजदुरीले काठमाण्डुमा हजार ÷वाह्र सय कमाई हुन्छ । यहाँ ग¥यौ । भने ७÷८ सय मात्रै हुन्छ । त्यसले के गर्ने ?

6 त्यस्तै सोही ठाँउकी १२ वर्षिय लक्ष्मी गन्दर्भले भन्छिन ‘पढ्ने रहर हुदा हुदैपनि बा आमाको पछि लागेर ईट्टा वोक्न जानु पर्छ । बा आमा दाजु दिदि सवै गई हाल्छन ‘एक्लै वसेर के गर्ने वाध्य भई जानु नै पर्छ । उनले भनिन ‘गाँउमा आई वैशाखमा भर्ना हुन्छौ । तर परिक्षा नदिई जान्छौ । फेरी आई उही कक्षामा भर्ना हुन्छौ । उनले भन्निन ‘एउटै कक्षामा भर्ना हुन लागेको दुई साल भयो । तर यो साल भर्ना गरेन । फेरी दशै –तिहार माने काठमाण्डु जाने रे ? लक्ष्मी मात्रै होईन उक्त वस्तीका दर्जनौ वालवालिकाहरु मौसमी कामदारका रुपमा काठमाण्डौ लगाएत अन्य क्षेत्रहरुमा जाने र आउने क्रम वर्षेनी समस्या हो ।कोही ईट्टा वोक्न जान्छ त कोही अझै काठमाण्डौ लगाएत अन्य क्षेत्रहरुमा घरेलु कामदारका रुपमा जाने गरेको पाईन्छ । यसरी हेर्दा ति क्षेत्रका वालवालिकाहरुले परिवारीक विपन्नताका कारण पढ्न लेख्न पाउने अधिकार नै खोसिएको अनुभुती गरेका वताउछन । पुनः लक्ष्मीले दोहो¥याउदै भनिन ‘पढ्न पाए काम गर्न जाने थिएन । ’ बरु बा आमा सम्झाउने थिए ।

६ महिना मात्रै भरिन्छ विद्यालय

2 विद्यलयमा भर्ना भएको विद्यार्थीहरु दशैतिहार सम्म विद्यालय जाने त्यस पछि परिवार सगै विभिन्न ठाँउहरुमा रोजगारका लागि जाने गरेकाले ६ महिना भरिने र ६ महिना विद्यालय रितिने गरेको विद्यालयका शिक्षक नगेन्द्र नेपाली वताए । उनले भने ‘ १ सय ५० जना विद्यार्थी भर्ना भई कक्षा पढाई भईरहेका छ । तर कार्तिक महिना पछि आधा जति विद्यार्थीहरु सवै वाहिरी उनले वताए । उनले भने ‘आधा वर्ष भरिने र आधा वर्ष रितिने विद्यालयमा रित नै वसेको छ । भर्ना भएका विद्यार्थीहरु कामकाजमा फर्किने गरेका यो विद्यालयले विगत देखी नै भोग्दै आएको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्