बर्दिया क्षेत्र नम्बर १ मा वामका बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि



सैघाली खबर,
बर्दिया, २३ मंसिर । –बर्दिया क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका बामदेव गौतमले अग्रता लिनु भएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी देबराज भारतीका अनुसार नेकपा एमाले उपाध्यक्ष समेत रहनुभएका बामदेव गौतमले २१ हजार ७ सय ७१ मत सहित अग्रता लिईरहनु भएको छ ।
उहाँका प्रतिस्पर्धी सिँचाई मन्त्रि सञ्जयकुमार गौतम २० हजार १ सय ८० मत सहित पछ्याइ रहनुभएको छ । बामदेव गौतम, सञ्जय गौतम भन्दा १ एक हजार ५ सय ९१ मतले अघि हुनुहन्छ ।
यस्तै प्रदेशसभा १ को ‘क’ मा एमालेका कबिराम थारुले २० हजार ६ सय ६ मत सहित अग्रता लिनु भएको छ । उहाँलाई कांग्रेसका सोदे बिष्टले १७ हजार ६ सय ७० मत सहित पछ्याई रहनुभएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्