दोलखाका सबै स्थानमा वाम गठबन्धन विजयी




सैघाली खबर
चरिकोट,२३ मंसिर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले सबै स्थानमा विजयी भएका छन् ।

प्रतिनिधिसभा एक र प्रदेशसभा दुई स्थानका लागि भएको निर्वाचनमा नेकपा ९एमाले०का पार्वत गुरुङ ५५ हजार ९५४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेशसभा सदस्य ९क० मा नेकपा ९माओवादी केन्द्र० का विशाल खड्काले २८ हजार ३५० मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा सदस्य ९ख० मा एमालेका पशुपति चौलागार्इंले २३ हजार ५८ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशजराज चौलागार्इंले १० हजार ८८० मत प्राप्त गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्