टप फिचर

बागमती प्रदेशमा साढे दुई हजार आइसोलेसन थप गरिदै

By Thah Online

June 29, 2020

हेटौँडा । बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी साढे दुई हजार आइसोलेसन शøया थप गरिने भएको छ । केही दिनयता बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले आइसोलेसन थप गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आइसोलेसन शøया दुई हजार ४५० थप्ने निर्णय गरेको हो । हाल यो प्रदेशले एक हजार २५८ वटा आइसोलेसन शøया तयारी अवस्थामा राखेको छ ।

महिलाका लागि १० प्रतिशत शøया सुरक्षित रहने गरी उपत्यकाका तीन जिल्लामा एक हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीमा दुई÷दुई सय, सिन्धुपाल्चोकमा एक सय र दोलखा, रामेछाप र रसुवामा ५०÷५० शøया तयार गरिने समितिले जनाएको छ ।

यसैगरी वैदेशिक रोजगारीमा गई स्वदेश फर्किने नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलदेखि जिल्ला सदरमुकामसम्म पुग्ने यातायात खर्च वैदेशिक रोजगार बोर्डले बेहोर्ने गरी केन्द्रीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने र सदरमुकामदेखि स्थानीय तहसम्मको यातायातको खर्च स्थानीय तहले गर्नुपर्ने निर्णय गरिएको छ ।

सम्बन्धित मुलुकले नै हवाई यातायातको व्यवस्था गरी स्वदेश फर्किएका नेपाली नागरिकको हकमा त्रिभुवन विमानस्थलदेखि सम्बन्धित जिल्ला सदरमुकामसम्मको यातायात खर्च प्रदेश सरकारले बेहोर्ने गरी निर्देशिका परिमार्जन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ ।