टप फिचर

मरणाेपरान्त नवराज विक सरकारी पुरस्कारले सम्मानित

By Thah Online

June 29, 2020

काठमाण्डौँ, असार १५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुकुमपश्चिममा मारिएका जाजरकोटका नवराज विकलाई पुरस्कृत गर्ने भएको छ। सरकारले मरणाेपरान्त विकलाई १ लाख रुपैयाँ धनराशीले पुस्तकृत गर्ने भएको हो।

सरकारले समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान पुर्याएका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप २०७३ सालदेखि यो पुरस्कार प्रदान गदै आएको छ।

मन्त्रालयले यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने भएको हो।