निजी क्षेत्रमा अख्तियारको नियमन हुँदैन : प्रधानमन्त्री ओली



काठमाण्डौँ, असार १५
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई अख्तियारले नियमन नगर्ने स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)को वाषिर्क साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे म स्पष्टसँग जानकार छु,’ उनले भने, ‘सरकारले अख्तियारले निजी क्षेत्रलाई समेत हेर्ने गरी आएको विधेयक अगाडि बढाउँदैन ।’ प्रधानमन्त्रीलाई यसअघि उद्योगीहरूले भेट गरी यो विधेयक फिर्ता लिन समेत आहृवान गरेका थिए । प्रधानमन्त्रीले भने ‘यसअघि भेटमा पनि भनेको थिएँ, अहिले पनि यसलाई स्पष्ट पार्न चाहन्छु, यो विधेयक अहिले अगाडि बढाउनुपर्ने आवश्यकता छैन ।’

निजी क्षेत्रको नियमन गर्न थुप्रै निकाय भएकाले यसमा सरकारले पुनर्विचार गर्ने उनको भनाइ छ । निजी क्षेत्रको चर्को विरोधका बीच राष्ट्रिय सभाको कार्यसूचीबाट अख्तियार विद्येयक हटाइएको बेला प्रधानमन्त्री ओलीले निजी क्षेत्रको नियमनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने गरी कानून नबन्ने बताएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्