लकडाउन सुरु भएको तीन महिनामा ७ लाख नेपाली स्वदेश फर्किए




काठमाण्डौँ, असार १५
नेपालमा लकडाउन घोषणापछि तीन महिनाको अवधिमा सात लाख भन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन् । लकडाउन सुरु भएको तीन महिनाको अवधिमा हवाई मार्ग र स्थल मार्गबाट गरी सात लाख भन्दा बढी नेपालीहरु स्वदेश पर्किएका हुन् ।

गृह मन्त्रालयका उप–सचिव परमानन्द घिमिरेले छिमेकी देश भारतबाट सबै भन्दा बढी नागरिकहरु स्वदेश फर्किएको बताए । उनले भने,‘हवाई मार्ग भन्दा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुको संख्या ठूलो छ ।’

लकडाउन सुरु भए लगत्तै स्वदेश फर्किने नेपालीहरुको भिड लागेपनि अहिले पनि निकै कम संख्या मात्र नेपालीहरु आइरहेको उनले बताए । सरकारले भारतबाट स्वदेश फर्किने नेपालीहरुलाई सम्बन्धित स्थानीय तहको सरकारसँग समन्वय गरेर ल्याउने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्