ने.क.पा. केन्द्रीय सदस्य वीरजङ्ग रिहा भएलगत्तै पुनः गिरफ्तार




काठमाण्डौँ, असार १५
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ दाङ देउखुरी जिल्ला अदालतले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेर काभ्रे लगेको छ ।

आज दाङ देउखुरी जिल्ला अदालतमा १५ हजार धरौटी दाखिला गरेपछि अदालत परिसरबाट रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

गत २०७५ असोज २९ गते ने।क।पा। राप्ती ब्युरो बैठकबाट २१ जना गिरफ्तार भएका मध्ये तुलसीपुर कारागारबाट उनी आज जिल्ला अदालतमा धरौटी दाखिला गरि रिहाइका लागि उपस्थित गराइएको थियो ।

अदालतबाट रिहाइ भएलगत्तै अदालतमै फुलमाला अविरले उनलाई स्वागत गरिएको थियोे त्यसको केही छिनमै प्रहरीले पुनः गिरफ्तार गरि काभ्रे लगिएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्