राप्ती गाउँपालिकाका २ क्वारेन्टाइनको अनुगमन, क्वारेन्टाइनको व्यवस्थापन अस्तव्यस्त



ओमप्रकाश गुप्ता/ महेश रिजाल , सिसहनियाँ १५ असार । दाङ देउखुरीको राप्ती गाउँपालिकाका २ वटा क्वारेन्टाइनको सोमबार अनुगमन गरिएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको अगुवाईमा राप्ती गाउँपालिका १ भालुवाङ स्थित नेपाल राष्ट्रिय मावि भालुवाङ र नवप्रतिभा अाधारभुत विद्यालय पाखापानी क्वारेन्टाइनको अनुगमन गरिएको हो । अनुगमनका क्रममा भालुवाङ क्वारेन्टाइनमा रहेका महिला र पुरूष गरि ३४ जना रहेका छन् । जो विगत ३१ दिन देखि बसिरहेका छन् ।

उनीहरूको स्वाव संकलन भएको महिनाै दिन वित्दा समेत रिपोर्ट अाएको छैन त्यहाँ भारतका विभिन्न प्रान्त, खाडी मुलुक कुवेतबाट र देशका विभिन्न ठाउँबाट अाएका स्थानीय बासिन्दा रहेका छन् । जसमा नाबालक , केटाकेटी, महिला तथा वृद्वा र पुरूष रहेका छन् । उनीहरूलाई स्थानीय राप्ती गाउँपालिका र वडा नम्बर १ भालुवाङबाट रेखदेख गर्न र सुरक्षा गर्न कुनै प्रबन्ध मिलाइएको छैन । खाना होटलबाट ल्याउने र सो खाना पोषणयुक्त नभएको तथा पेट भर्ने गरि पनि मात्र नदिने गरिएको क्वारेन्टाइनमा बसेकाले गुनासो गरेका छन् ।

साथै उनीहरूले अाफुहरू महिनाै दिन क्वारेन्टाइनमा बस्दा पनि स्थानीय जनप्रतिनिधि, सुरक्षानिकाय, स्वास्थ्यकर्मी पनि देखा नपरेको गुनासो गरेका छन् । उक्त क्वारेन्टाइनमा वर्षाको पानी छानाबाट चुहेर रातै भरि सुत्न नसकेको चारैतिर जंगल र शाैचालय फोहोर हुँदा मच्छेर, सर्प र विच्छिले सताउने गरेको, एउटा कोठामा ६ देखि १० जना सम्म महिला केटाकेटी र पुरूष एउटै कोठामा सुत्न बाध्य भएको यस्तै क्वारेन्टाइनको गेटमा गेटपालेको लापरवाहीले क्वारेन्टाइन बसेका व्यक्तिहरू बजार सम्म गएर फर्किने गरेको लगायतका विकराल समस्या रहेको बताएका छन् ।

यसै गरि पाखापानी क्वारेन्टाइनमा पनि विगत ३३ दिन देखि यस्तै प्रकारका समस्या झेल्दै १४ जना क्वारेन्टाइनमा बसिरहेका छन् । माथि उल्लेखित दुवै विद्यालयहरूमा रहेका क्वारेन्टाइनमा बसेकाहरूको अवस्था अनुगमन र अवलोकन गर्न राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेल,वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका उपाध्यक्ष मनु बेल्वासे, महासचिव चुमबहादुर बुढा, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे,उपाध्यक्ष नारायण पोख्रेल, जनता समाजवादी पार्टी नेपालका जिल्ला समन्वय समितिका अध्यक्ष होमप्रसाद शर्मा, राजमोका जिल्ला अध्यक्ष गणेश अाचार्य,नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षद महेश रिजाल, राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता , देउखुरी टुडे राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक सन्तोषकुमार गुप्ता  लगायतको सहभागीता रहेको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्