आयोगबाट सूचना लिँदा आधिकारिक व्यक्तिबाट मात्र लिनु : राष्ट्रिय मानव अधिकार आयोग



काठमाडौँ / १५ असार
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र लिन अनुरोध गर्नुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग

आयोगका अध्यक्ष शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको नीतिविपरीत आयोगका सदस्य तथा कर्मचारीले बोल्न नहुने व्यवस्था रहेको हुँदा आयोगको आधिकारिक धारणाबारे भ्रम सिर्जना नगर्न / नगराउन सबैमा अनुरोध गरिएको छ ।

आयोगका प्रवक्ता वा सूचना अधिकारीबाट सम्प्रेषित विषय तथा आयोगको वेबसाइट www.nhrcnepal.org मा राखिएका विषयलाई नै आयोगको औपचारिक धारणा र सूचना मान्न हुन आयोगका अध्यक्ष शर्माले सबैलाई आग्रह गर्नुभएको हो ।

आधिकारिक धारणा र औपचारिक निर्णय सार्वजनिक गर्न २०७५ पुस ११ गतेदेखि आयोगका सचिव वेदप्रसाद भट्टराईलाई प्रवक्तासमेतको जिम्मेवारी तोकेको थियो । आयोगका सदस्यले आआफ्नो तरिकाले सूचना दिँदा भ्रम सिर्जना हुने काम भएको उल्लेख गर्दै सचिव भट्टराईलाई नै प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

आयोगसँग सम्बन्धित सूचना सम्प्रेषणका लागि आयोगको केन्द्रीय कार्यालयमा निर्देशक डा टीकाराम पोखरेललाई र सबै प्रदेश तथा शाखा कार्यालयमा एक÷एक जना अधिकृतलाई सूचना अधिकारी तोकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्