विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नाघ्यो,५ लाख ७ हजार बढीको मृत्यु



काठमाडाैँ / १६ असार
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ । वर्ल्ड मिटर्सका आनुसार यो समाचार तयार पार्दा सम्म संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३८९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै १ लाख ६० हजार ३६३ जना संक्रमित थपिएका छन् ।

त्यसै गरि मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५१५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको संख्या ३ हजार ४०२ छ ।

त्यस्तै उपचारपछि निको हुनेको संख्या ५६ लाख ४७ हजार ३२९ पुगेको छ भने ४२ लाख ४७ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

चीनको वुहानबाट ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका २१३ मुलुकमा फैली सकेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्