टप फिचर

भारतमा ५ लाख ६७ हजारभन्दा बढी कोरोना संक्रमित, झन्डै १७ हजारको मृत्यु

By Thah Online

June 30, 2020

काठमाडाैँ / १६ असार भरात्मा कोरोना कुल संक्रमितको संख्या ५ लाख ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै ५ लाख ६७ हजार ५३६ पुगेको हो ।

यस्तै एकै दिन ४१७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ९०४ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ३५ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।