महामारीको सबैभन्दा खराब चरण आउन बाँकी नै छ : डब्ल्यूएचओ प्रमुख



काठमाडाैँ / १६ असार
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको महामारीको सबैभन्दा खराब चरण आउन बाँकी नै रहेको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोसले कोरोनाको महामारीको सबैभन्दा नराम्रो रूप अझै प्रकट भइनसकेको भन्दै विश्वभरिका सरकारहरूले सही नीतिहरु नअपनाए यसले थप मानिसलाई संक्रमण गर्ने बताएका छन् ।

केही देशमा संक्रमण कम भए पनि समग्रमा कोरोना संक्रमण नरोकिएको भन्दै संक्रमण अझै द्रुत गतिमा फैलिरहेको डब्ल्यूएचओले जनाएको छ । तर पनि यसको समस्याको समाधान भने ननिस्किएको भन्दै डब्ल्यूएचओले भनेको छ, “हामीले पहिचान गरेका ती व्यक्तिहरू जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकतामा कमी, र विभाजित संसारले भाइरसलाई फैलाउन मद्दत गरिरहेको छ । त्यसैले खराब समय आउन बाँकी छ ।”

टेड्रोसले जर्मनी, दक्षिण कोरिया, जापानले अपनाएको रणनीति अख्तियार गर्न आग्रह गरेका छन् । यी देशले लगातार ट्रेसिङ गर्दै परीक्षणको दायरा बढाइरहेका छन् ।

हालसम्म विश्वका एक करोड मानिसमा कोरोना संक्रमण देखिसकेको छ भने ५ लाख संक्रमितको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्