बिहानै देखि प्रदर्शनमा निस्किएका तीन सय बढी ट्याक्सी प्रहरीको नियन्त्रणमा



काठमाडौं / १६ असार
लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी ठाउँठाउँमा नियन्त्रणमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको बताउनु भयो। उनले भने, ‘हामीले प्रदर्शनभन्दा पनि नियमलाई हेर्ने हो । सार्वजनिक सवारीसाधन चलाउन पाइँदैन, त्यसैले होल्ड गरिएको हो ।’

साँझ ती ट्याक्सीहरुलाई छाडिने उहाले बताउनु भयो । ट्याक्सी व्यवसायी दिपक केसीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको बताए ।

निजी सवारीसाधन र एम्बुलेन्समा भाडा लिएर मान्छे चढाइरहेका छन् भने आफुले आफ्नो माग पनि राख्न नपाउने भन्ने ट्याक्सी व्यवसायीहरुको गुनासो छ।

लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु मंगलबारबाट आन्दोलनमा उत्रिएका छन् । उनीहरु नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्