सडक सौन्दर्यका लागि दाङ्गको लमही नगरपालिकामा २ सय बढी फुलहरु लगाईने



टेकबहादुर पुन /दाङ्ग
दाङ्गको लमही नगरपालिका वडा नम्बर ७ मा सडक सौन्दर्य करणका लागी बिभिन्न फुलजातका बिरुवा लगाईने भएको छ । डिभिजन बन कार्यालय देउखुरीले लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा सडक सोन्दर्यका लागी २ सय फुलजातका बिरुवा लगाउने भएको हो ।

प्रदेश बन मन्त्रालय मार्फत प्राप्त दश लाख रुपैयाको लागतमा अलबन्डा, सेतो, पहेंलो, करेटन, एक जोडा, रङबदल, निलकमल, टिकोमा प्रजाति, युनिस पास, ग्रीन टिबुलिया, लगातयका मुल्यबान फुलजातका बिरुवाहरु लगाईने र संरक्षणका लागी तारजालीको ब्यबस्था गरिने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत पुरन प्रसाद चौधरीले जानकारी दिनुभयो ।

सामान्य तया बजारको मुख्य क्षेत्र राजमार्गको बिचमा फुलहरु लगाई सडकको सौन्दर्यता बढाउने चलन हुन्छ । तर लमही नगरपालिकाको मुख्य राजमार्ग लगायत अन्य बजारका सडकहरुमा सो ब्यबस्था छैन ।

त्यसकारण पनि बजारमा तत्कालका लागी सौन्दर्यकरण गर्न उपयुक्त स्थान नपाईएको र लमही नगरपालिका र ७ नम्बर वडा कार्यालय संगको सहमतिमा बनघुस्री होमस्टे सम्मका लागी सडक सौन्दर्यकरण गर्न लागिएको डिभिजन बन कार्यालय देउखुरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्