जनकपुरमा मतगणना स्थगित



सैघाली खबर
जनकपुरधाम ,२३ मंसिर

मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ ।
यहाँको जिल्ला शिक्षा कार्यालय शैक्षिक तालिम केन्द्रमा जारी क्षेत्र नम्बर १,२ र ४ को मतगणनाको क्रममा जनकपुर उपमहानगरपालिका १९ बक्समा मतदान अधिकृतको हस्ताक्षर नभएको दुईवटा मतपत्र भेटिएपछि राजनीतिक दलका प्रतिनिधिहरुले विवाद उत्पन्न गरेका छन् । विवादका कारण मतगणनाको कार्य स्थगित भएको हो ।
क्षेत्र नम्बर ४ बाट फोरमका महाजन यादव, नेपाली कांग्रेसका महेन्द्र यादव र वाम गठबन्धनका रघुबीर महासेठ बिच चुनावी प्रतिस्पर्धा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्