राजनिती

पाँच जनाले धारणा राखे पछि नेकपा स्थायी कमिटीको आजको बैठक सकियो

By Thah Online

July 01, 2020

काठमाण्डौँ, असार १७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आजका लागि सकिएको छ ।

संसद्मा जानुपर्ने भएकाले आज बैठक छोटो समयका लागि मात्रै बसेको नेता झलनाथ खनालले जानकारी दिए ।

आजको बैठकमा पाँचजना नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

उनीहरुले पनि सरकारको आलोचना गरेको एक नेताले जानकारी गराएका छन् । आजको बैठकमा नन्द प्रसाईँ, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए ।